IME Life New

इरानविरुद्ध युद्धमा होमिने तयारीमा अमेरिका, आक्रमण योजनालाई ट्रम्पको स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका छन्। यद्यपि, उनले अन्तिम आदेशका लागि पर्खन भनेका छन्।

राष्ट्रपति ट्रम्पले आफ्ना वरिष्ठ सहकर्मीसँग महत्त्वपूर्ण बैठक गरेपछि इरानमाथि आक्रमण योजनालाई स्वीकृति दिएका हुन्। उनले भने, ‘अन्तिम आदेशपछि आक्रमण गरिनेछ र यस क्रममा इरान आफ्नो आणविक कार्यक्रम त्याग्न सहमत छ कि छैन भनेर हेर्नुपर्छ।’

Esewa
Crest

वाल स्ट्रिट जर्नलको समाचार उद्धृत गर्दै रोयटर्सले आफ्नो रिपोर्टमा भनेको छ, ‘राष्ट्रपति ट्रम्पले आशा गर्छन् कि इजरायलको आक्रमणमा सामेल हुने धम्कीले तेहरानले आफ्नो आणविक कार्यक्रम त्याग्नेछ।’

ट्रम्पको बैठकअघि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीईले ट्रम्पको धम्कीलाई अस्वीकार गरेका छन्। ‘ट्रम्पलाई धम्की दिएका छन्’, चेतावनी दिँदै उनले भने, ‘यदि अमेरिका आक्रमणमा सामेल भयो भने यसको खराब परिणाम भोग्नुपर्नेछ। इरान कहिल्यै झुक्ने छैन। कुनै पनि अमेरिकी सैन्य हस्तक्षेपको कडा जबाफ दिइनेछ।’

ट्रम्पले खामेनेईबाट ‘बिना सर्त आत्मसमर्पण’ गर्न भनेका थिए। यद्यपि, खामेनेईले भने, ‘इरान, इरानी राष्ट्र र यसको इतिहासलाई चिन्ने बुद्धिमान व्यक्तिले यो राष्ट्रलाई कहिल्यै धम्कीपूर्ण भाषामा कुरा गर्ने छैनन्, किनकि इरानी राष्ट्रले आत्मसमर्पण गर्ने छैन।’

रोयटर्सका अनुसार इरानमाथि आक्रमण गर्ने योजनामा ट्रम्पलाई सत्तामा ल्याउने समर्थकहरुमा विभाजन देखा परेको छ। उनका केही समर्थकले ट्रम्पलाई मध्यपूर्वमा नयाँ युद्धमा देशलाई संलग्न नगर्न अपिल गरेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS