IME Life New

टिकटक बेच्न अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसामु राखे यस्तो प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्ट भिडियो एप टिकटक बेच्न चीनलाई प्रस्ताव गरेका छन्। उनले यो एप बेच्ने सम्झौता सुनिश्चित गर्न चीनमा लगाइएको शुल्क कटौती गर्न सक्ने बताएका छन्।

टिकटकको मालिक एउटा चिनियाँ कम्पनी बाइटडान्स हो। ट्रम्पले यो प्लेटफर्मको गैरचिनियाँ खरिदकर्ता खोज्न अप्रिल ५ सम्मको म्याद थप्न तयार रहेको पनि बताएका छन्।

Esewa
Crest

यसअघि बाइडेन प्रशासनमा टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन पारित भएको थियो। तर, जनवरीमा ट्रम्प सत्तामा आएपछि यो कानुन लागू गर्ने समय पर सारिएको थियो।

यो कानुन सन् २०२४ मा बनेको थियो। यसलाई बेच्न वा प्रतिबन्ध लगाउनका लागि राष्ट्रिय सुरक्षालाई उद्धृत गरिएको थियो। ट्रम्पले सञ्चारकर्मीसामु भने, ‘चीनले टिकटकका सम्बन्धमा भूमिका खेल्नुपर्छ। मलाई लाग्छ उनीहरुले गर्नेछन्। सायद म ट्यारिफ अलि कम गर्न सक्छु वा केही, ता कि यो गर्न सकिन्छ।’

ट्रम्पले अप्रिल ५ सम्मको समयसीमाभित्र यस विषयमा सम्झौताका लागि ढाँचा तयार हुने आशा राखेको पनि बताएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS