IME Life New

डोनाल्ड ट्रम्पलाई ठूलो झट्का, अमेरिकी न्यायाधीशले खारेज गरिदिए आप्रवासन नीति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी संघीय न्यायाधीशले शुक्रबार ट्रम्प प्रशासनको आप्रवासन नीति खारेज गरिदिएका छन्। यो नीतिले ३९ देशका आप्रवासीलाई अमेरिकामा प्रवेश गर्न र बस्न कठिन बनाएको थियो।

रोयटर्सका अनुसार रोड आइल्यानड जिल्ला अदालतका मुख्य न्यायाधीश जोन म्याककोनेल जूनियरले ती नियमले अफ्रिका, एसिया, ल्याटिन अमेरिका र मध्य पूर्वका मानिसलाई कानुनी अनिश्चिततामा फसेको बताए। उनले भने, ‘आप्रवासीहरुले कानुनी प्रक्रिया पछ्याइरहेका थिए। तर, अमेरिकी नागरिकता र आप्रवासन सेवा (यूएससीआईएस)ले तिनीहरुलाई प्रशोधन नगरेको कारणले गर्दा उनीहरुको आवेदन महिनौँसम्म रोकिएको थियो। यी नीति कानुनी अधिकार बिना लागू गरिएका थिए र आप्रवासी्विरोधी भावनाबाट प्रभावित थिए।’

Esewa
Crest

वास्तवमा यूएससीआईएसले ती नीति वासिङ्टन डीसीमा दुई राष्ट्रिय गार्ड सैनिकलाई गोली हानेको समयमा लागू गरेको थियो। अभियोजकहरुले आक्रमण एक अफगान आप्रवासीले गरेको बताएका छन्।

यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा भनेका थिए, ‘सबै तेस्रो विश्वका देशबाट आप्रवासन स्थायी रुपमा रोकिनेछ। ता कि अमेरिकी प्रणाली पूर्ण रुपमा निको हुन सकोस्।’

त्यसपछि ट्रम्पले यात्रा प्रतिबन्धअन्तर्गत रहेका देशहरुको संख्या बढाएर ३९ पुर्याएका थिए। पूर्ण प्रतिबन्धअन्तर्गत रहेका देशहरुमा अफगानिस्तान, इरान, हैटी, सोमालिया, भेनेजुएला र सिरिया समावेश थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS