IME Life New

चाँदी आयातमा अमेरिकी डलरको सटही सुविधाको बढ्यो सीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा अमेरिकी डलरको सटही सुविधाको सीमा बढाएको छ।

केन्द्रीय बैंकले विनिमय कारोबार गर्ने निकायको एकीकृत निर्देशनमा संशोधन गर्दै यो सुविधा बढाएको हो। अब त्यस्ता निकायले सुनचाँदीको व्यवसाय गर्ने उद्योगले चाँदीको गरगहना, कलात्मक वस्तु, भाँडाकुँडालगायत बनाउन औद्योगिक कच्चा पदार्थका रुपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ५ लाख वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सक्नेछन्।

Esewa
Crest

यसअघि यस्तो सटही सुविधा ३ लाख डलरसम्मको थियो।

अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर १ लाख वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा पाउने व्यवस्था रहेको छ। तर, चाँदीको गरगहना वा कलात्मक वस्तु आदि निकास गर्ने चाँदी व्यवसायीलाई तोकिएको मापदण्डअनुसार सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS