IME Life New

अमेरिकी क्रिप्टो फर्म साइबर हमलाको सिकार, ४० करोड डलरको क्षति हुने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वकै ठूलोमध्येको एक अमेरिकी क्रिप्टोकरेन्सी फर्म साइबर ‘क्वाइनबेस’ हमलाको सिकार भएको छ। यो साइबर हमलाबाट फर्मलाई ४० करोड डलरको क्षति हुने अनुमान गरिएको छ।

क्वाइनबेसका अनुसार ह्याकरहरुले सम्पर्क गरेर फर्मकै उच्च पदस्थ र कर्मचारीलाई पैसा लिएर ग्राहकको विवरण हासिल गरेको दाबी गरेका छन्। ‘ह्याकरहरुले १ प्रतिशतभन्दा कम ग्राहकको विवरण हासिल गर्न सफल भएका छन्’, एउटा ब्लग पोस्टमा क्वाइनबेसले भनेको छ, ‘त्यसपछि उनीहरुले फर्मलाई धम्काउने काम गरिरहेका छन्।’

Esewa
Crest

ह्याकरको समूहले यो घटना मिलाउन क्वाइनबेससँग २ करोड डलर माग गरेको छ। तर, क्वाइनबेसले फिरौती नदिने अडान लिएको छ। ‘हामी बरु यो साइबर हमलाको सिकार भएका ग्राहकलाई क्षतिपूर्ति दिन तयार छौँ’, क्वाइनबेसले भनेको छ।

साइबल हमलाको घटना बाहिर आएपछि क्वाइनबेसको शेयरभाउ ४.१ प्रतिशतले घटेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS