IME Life New

अमेरिका र चीनबीचको व्यापारका लागि रुपरेखा तय, अनुमोदन हुन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिका र चीनबीचको व्यापार तनाव कम गर्ने बाटो स्पष्ट देखिन्छ। दुवै देश व्यापारका लागि रुपरेखा बनाउन सहमत भएका छन्।

लन्डनमा दुई दिनको वार्तापछि दुवै देशका शीर्ष अधिकारीहरुले यो घोषणा गरेका हुन्। दुई देशबीच तय भएको योजना स्वीकृतिका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प र सी जिनपिङलाई पठाइनेछ।

Esewa
Crest

अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले भने कि यो सम्झौतापछि दुर्लभ खनिज र चुम्बकमा लगाइएको प्रतिबन्ध समाप्त हुनेछ। चीनसँगको यो बैठकमा आधुनिक प्रविधिका लागि दुर्लभ खनिजको मुद्दा शीर्ष स्थानमा थियो।

गत महिना अमेरिका र चीनबीच करसम्बन्धी अस्थायी सम्झौता भएको थियो। तर, यसपछि दुवै देशले एकअर्कालाई सम्झौता उल्लंघन गरेको आरोप लगाइरहेका छन्।

अमेरिकाले चीनबाट दुर्लभ धातु र चुम्बकको निर्यात सुस्त रहेको जनाएको छ। स्मार्टफोनदेखि विद्युतीय सवारीसाधनसम्म सबै कुराको निर्माणका लागि यो आवश्यक छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS