IME Life New

अमेरिकाले भारतलाई जस्तै अन्य देशलाई पनि दियो रुसी तेल किन्न अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुसमाथि लगाइएको प्रतिबन्धको बाबजुद पनि अमेरिकाले सबै देशहरुलाई समुद्रमा जहाजहरुमा लोड गरिएको रुसी तेल र पेट्रोलियम खरिद गर्न अस्थायी अनुमति दिएको छ।

अमेरिकी वित्तमन्त्री स्कट बेसान्टक अनुसार यो कदम युद्धको समयमा अन्तर्राष्ट्रिय तेल बजारमा आपूर्ति कायम राख्नका लागि एक अस्थायी उपाय हो। यो अनुमति अप्रिल ११ सम्म लागू रहनेछ।

Esewa
Crest

बेसान्टले भने, ‘यो एक धेरै सीमित र छोटो अवधिको उपाय हो। यो पहिले नै जहाजहरुमा लोड गरिएको र ट्रान्जिटमा रहेको तेलमा मात्र लागू हुनेछ। यसले रुसी सरकारलाई कुनै महत्वपूर्ण आर्थिक लाभ प्रदान गर्दैन।’

इरान युद्धपछि तेलको मूल्य उल्लेखनीय रुपमा बढेको छ। एक समयमा प्रतिब्यारेल ७० डलरबाट बढेर १२० डलर पुगेको छ। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध चाँडै समाप्त गर्ने बारेमा गरेको बयानपछि तेलको मूल्य प्र िब्यारेल १०० डलरमा झर्यो। तर बिहीबा, तेलको मूल्य फेरि एक पटक प्रतिब्यारेल १०० डलर माथि पुगेको छ।

यसका साथै विश्वव्यापी शेयर बजारमा पनि गिरावट आएको छ। खाडी क्षेत्रमा थप तीन कार्गो जहाजहरुमा आक्रमण भएपछि तेलको मूल्य बढेको छ।

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले स्ट्रेट अफ हर्मुज बन्द गर्ने बताएका छन्। हर्मुज एउटा महत्वपूर्ण समुद्री मार्ग हो। जसले विश्वको लगभग २० प्रतिशत तेल आपूर्ति गर्दछ।

यद्यपि, अमेरिकी वित्तमन्त्रीले अमेरिकी सरकारले हर्मुजबाट गुज्रने जहाजहरुलाई सुरक्षा दिने दाबी गरेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS