IME Life New

चीनमाथि अमेरिकाको १०४% ट्यारिफ, औषधिमा पनि कर लगाउने ट्रम्पको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत ट्यारिफ लगाएका छन्। अब चीनमाथिको कुल ट्यारिफ १०४ प्रतिशत पुगेको छ। यसको अर्थ अब अमेरिका आउने चिनियाँ सामानमा १०४ प्रतिशत आयात शुल्क लाग्नेछ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जारी गरेको दस्तावेजमा यो कुरा पुष्टि भएको छ। ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ, ‘चीनले अमेरिकाविरुद्ध बदला लिने घोषणा गरेपछि यो कदम चालिएको हो।’

Esewa
Crest

आफ्नो दोस्रो कार्यकालको सुरुमा ट्रम्पले चीनमा २० प्रतिशत ट्यारिफ लगाए। त्यसपछि जब ट्रम्पले सम्पूर्ण विश्वमा ट्यारिफ लगाउने घोषणा गरे तब चीनमा थप ३४ प्रतिशत ट्यारिफ लगाइयो। अब ५० प्रतिशत शुल्क लगाएपछि कुल आयात महसुल १०४ प्रतिशत पुगेको छ।

ट्रम्पले सोमबार नै भनेका थिए कि यदि चीनले अमेरिकी सामानमा आयात शुल्क लगाउने निर्णय फिर्ता लिएन भने उसले चीनमाथि थप ५० प्रतिशत ट्यारिफ लगाउनेछ। ट्रम्पको भनाइको जबाफमा चीनको वाणिज्य मन्त्रालयले अमेरिकी ‘ब्ल्याकमेल’ स्वीकार नगर्ने र यसविरुद्ध अन्त्यसम्म लड्ने जनाएको छ।

यसैबीच ट्रम्पले वासिङ्टन डीसीमा एक कार्यक्रममा भाषण दिँदै अमेरिकाले औषधिमा कर लगाउने बताएका छन्। उनले भने, ‘हामी आवश्यक कदम चाल्दैछौँ। जब हामी औषधिमा शुल्क लगाउँछौँ तब विदेशी कम्पनीहरु अमेरिकामा औषधि उत्पादन गर्न फर्किनेछन्। किनकि अमेरिका सबैभन्दा ठूलो बजार हो।’

ट्रम्पले यसले औषधि कम्पनीहरुमाथि दबाब पर्ने दाबी गरेका छन्। जसका कारण ती कम्पनीहरुले चीनजस्ता देशबाट आफ्नो व्यवसाय सार्नेछन् र अमेरिकामा कारखाना स्थापना गर्नेछन्। ता कि उनीहरुले अमेरिकामा औषधि बेच्न सकून्।

ट्रम्पले गत हप्ता ट्यारिफ घोषणा गर्दा औषधिहरुलाई छुट दिएका थिए। तर, ट्रम्पले पहिले नै औषधिमा छुट्टै ट्यारिफ लगाउने बताउँदै आएका छन्।

विश्वका अधिकांश औषधिहरु चीन, भारत र युरोपमा उत्पादन गरिन्छ। केही विज्ञहरुले औषधिमा प्रयोग हुने सामग्रीमा भन्सार लगाइएमा सर्वसाधारणका लागि औषधिको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS