IME Life New

अटोमोबाइल्स क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न सरकारसँग आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल्स क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको सरकारलाई आग्रह गरेको छ।

नाडाले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘हालको विषम परिस्थितिमा शान्तिपूर्ण संवाद र सहमतिको बाटोबाट हरेक जटिल र कठिन समस्याहरुको समाधान खोज्न सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ’, नाडाले भनेको छ, ‘यसका साथै सम्पूर्ण व्यावसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आग्रह गर्दछौँ।

Esewa
Crest

हालै देशव्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको विज्ञप्तिमा उल्लेख छ। ‘नाडा यस घटनाबाट प्रभावित सम्पूर्ण परिवारसँग गहिरो समवेदना प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘जीवन गुमाउनुपर्ने पीडादायी घटनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ। साथै, घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्य लाभका लागिसमेत हार्दिक प्रार्थना गर्दछौँ।’

नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशीला रहेको नाडाले जनाएको छ। ‘तर, हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढेको छ । देशको बर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर पुर्याएको छ र दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको छ।’

नाडाले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास, र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिवद्धता व्यक्त गर्दछ। हामी विश्वास गर्दछौं कि एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक सम्वादमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्नेछ भन्ने विश्वास समेत लिएका छौँ।’

‘नेपालको इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ। अब छिट्टै मन्त्रिपरिषद समेत गठन हुने र यस सरकारले आउँदो ६ महिनाभित्र आमनिर्वाचनसमेत सम्पन्न गर्ने जिम्मेवारी लिएको सन्दर्भमा आम नेपाली जनताको भावना र मर्मलाई आत्मसात गर्न यो सरकार सफल हुनेछ भन्नेमा शुभकामनासमेत व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS