IME Life New

अप्पर लोहोरे खोला हाइड्रोपावरको करिब साढे २८ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको करिब साढे २८ लाख कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै आउँदो साउन २८ गतेबाट २८ लाख ४६ हजार ५२५ कित्ता शेयरको लकइन अवधि सकिने जानकारी गराएको हो। जसमा संस्थापकको २६ लाख कित्ता, आयोजना प्रभावित स्थानीयको २ लाख ६ हजार ७६० कित्ता र कम्पनीका कर्मचारीको ३९ हजार ७६५ कित्ता रहेको छ। यो बोनस शेयरसहितको हो।

Esewa
Crest

कुनै पनि कम्पनीको सर्वसाधारणलाई जारी आइपीओको बाँडफाँट मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ। सोही प्रावधानबमोजिम लकइन अवधि सकिन लागेको हो।

यद्यपि, सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा नियमानुसार शेयर रोक्का रहने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS