IME Life New

प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमका इकाइहरु जेठ २३ बाट बिक्री खुला गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमका इकाइ जेठ २३ गतेदेखि बिक्री खुला गरिने भएको छ।

नेपाल धितोपत्र बोर्डले प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने यस योजनाका ४० करोड रुपैयाँबराबरको इकाइ बिक्री खुला गर्ने अनुमति दिएको छ। जसअन्तर्गत १० रुपैयाँ अंकित दरका कुल ४ करोड इकाइ जारी गरिने भएको हो।

Esewa
Crest

कुल इकाइमध्ये ७.५ प्रतिशतले हुन आउने ३० लाख इकाइ कोष प्रवर्द्धक संस्था प्रभु बैंक र ७.५ प्रतिशतले हुन आउने ३० लाख इकाइ योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखिएको छ। प्रथमपटक सर्वसाधारणमा २ करोड ५० लाख इकाइ बिक्री गरिनेछ।

लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा ३१ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो शेयरबाट पनि खरिद आवेदन दिन सकिनेछ।

यो खुलामुखी योजनाको निष्कासन बन्द छिटोमा जेठ २७ गते हुनेछ। यो अवधिभित्र सम्पूर्ण इकाइ बिक्री नभएको खण्डमा निष्कासन अवधि असार ६ गतेसम्म लम्बिन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS