IME Life New

एनएमबि हाइब्रिड फन्ड एल-२ का इकाइहरु सोमबारबाट कारोबारमा आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि हाइब्रिड फन्ड एल–२ नामक म्युचुअल फन्डका इकाइहरु भोलि सोमबारबाट कारोबारमा आउने भएका छन्।

योजना व्यवस्थापक एनएमबि क्यापिटल र नेपाल स्टक एक्सचेन्ज (नेप्से)बीच आज उक्त म्युचुअल फन्डका इकाइहरु सूचीकृत गर्ने सम्झौता भएको छ। कुनै पनि धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउँछ।

Esewa
Crest

नेप्सेमा यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल १३ करोड ६४ लाख ८४ हजार इकाइ सूचीकृत भएको छ। केही समयपहिले एनएमबि क्यापिटलले यस म्युचुअल फन्डका इकाइहरुको सार्वजनिक निष्कासन गरेको छ।

यस योजनाको कोष प्रवर्द्धकका रुपमा एनएमबि बैंक रहेको छ। यो एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS