IME Life New

ग्लोबल आइएमई समुन्नत योजना-२ का इकाइहरु असार २२ बाट बिक्री खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गतत सञ्चालित हुने ग्लोबल आइएमई समुन्नत योजना–२ का इकाइहरु असार २२ गतेबाट बिक्री खुल्ने भएको छ।

यस योजनाका प्रतिइकाइ अंकित दरका कुल १२ करोड इकाइमध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड इकाइ वा कुल बिक्री भएको इकाइको न्यूनतम १५ प्रतिशत इकाइमध्ये योजना व्यवस्थापन ग्लोबल आइएमई क्यापिटललाई १.५ प्रतिशतले हुन आउने १८ लाख इकाइ तथा कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंकका लागि १३.५ प्रतिशतले हुन आउने १ करोड ६२ लाख इकाइ बीज पुँजीका रुपमा छुट्याइएको छ। बाँकी १० करोड २० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

Esewa
Crest

लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड २० लाख इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

बन्दमुखी यस योजनाको निष्कासन बन्द छिटोमा असार २५ गते हुनेछ। यो अवधिभित्र मागबमोजिमको आवेदन नपरेको खण्डमा साउन ४ गतेसम्म बिक्री खुला गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS