IME Life New

सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड भएको छ । नेपाल धितोपत्र बोर्डबाट संचालन अनुमति प्राप्त भई आषाढ १३ गते देखि आषाढ २७ गते सम्म इकाई सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत माग गरिए भन्दा अधिक मात्रामा दरखास्त प्राप्त भएको थियो ।

उक्त निष्काशनमा प्राप्त आवेदकहरुको विवरण अनुसार बाँडफाँड समितिको बैठकले तयार पारेको बाँडफाँड तालिका नेपाल धितोपत्र बोर्डमा पेश गरिएकोमा धितोपत्र बोर्डबाट कुनै कैफियत तथा निर्देशन प्राप्त नभएकोले सोहि तालिकालाई अन्तिम रुप दिइ धितोपत्र बोर्डको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम आज साउन १५ गते बिहिबार योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालय डिल्लिबजार, काठमाण्डौंमा योजना व्यवस्थापकका प्रतिनिधिहरु, कोष प्रवद्र्धकका प्रतिनिधि, सिडिएस एण्ड क्लियरिङ्ग प्रतिनिधि तथा केही लगानीकर्ताहरुको उपस्थितिमा बाँडफाँड गर्ने कार्य सम्पन्न भएको छ ।

Esewa
Crest

उक्त बाँडफाँडको नतिजा निष्काशन तथा बिक्री प्रबन्धक/योजना व्यस्थापकको वेभसाईट  www.citizenscapital.com.np   सिडिएस एण्ड क्लियरिङ्गको वेभसाईट www.iporesult.cdsc.com.np बाट हेर्नै सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS