IME Life New

युएनडीपीको सहकार्यमा निक्षेप तथा कर्जा सुरक्षण कोषको अन्तर्क्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युएनडीपीको सहकार्यमा निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको Agri CGS Product Design – Stakeholders Feedback विषयक आधा दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम काठमाडौंको रोयल सिंगी होटलमा सम्पन्न भएको हो ।

कार्यक्रममा कोषका पदाधिकारीहरु, ‍बिभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, कर्जा विभागका विभागीय प्रमुखहरु तथा अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Esewa
Crest

अर्थतन्त्रको दिगो विकासको लागि कृषि क्षेत्रमा संस्थागत कर्जाको विस्तार गर्न त्यस्तो क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम न्यूनीकरण गरी लगानी बढाउन आवश्यक रहेको तथ्यलाई दृष्टिगत गरी कोषले तर्जुमा गर्न लागेको नयाँ कृषि कर्जा सुरक्षण योजना (Indivisual Agriculture Guarantee Scheme) का सम्बन्धमा सरोकारवालाहरुको राय सुझाव लिने यस अन्तरक्रिया कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले प्रस्तावित नयाँ कृषि कर्जा सुरक्षण योजनाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले कृषि क्षेत्रमा संस्थागत कर्जा पहुँचको वर्तमान अवस्था, तत्काल कर्जा विस्तार आवश्यक रहेका क्षेत्रहरु र सम्भावनाका थप क्षेत्रहरु लगायतका विषयमा सहभागीहरुले आआफ्नो धारणा राख्दै कोषले नयाँ सुरक्षण योजना तर्जुमा गर्दा ध्यानमा राख्नु पर्ने बुँदाहरुका सम्बन्धमा सुझाव दिएका थिए ।

नयाँ सुरक्षण योजनामा कायम गर्ने सुरक्षण शुल्क र क्षतिपूर्ति दाबीको प्रतिशत अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेत ध्यानमा राखी वैज्ञानिक ढंगले निर्धारण गर्न समेत सहभागीहरुले सुझाव दिएका थिए ।

कोषले तर्जुमा गर्न लागेको कृषि कर्जा सुरक्षणको नयाँ योजना तर्जुमा गर्ने कार्यमा अन्तर्राष्ट्रिय विकास साझेदार संस्था युएनडीपीको प्राविधिक सहायता रहेको छ। कृषि क्षेत्रमा संस्थागत कर्जा प्रवाह वृद्धि गर्दै वित्तीय पहुँच विस्तार गर्न सघाउ पुर्‍याउने उद्देश्यले कोषसँग युएनडीपीको सहकार्य भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS