IME Life New

बेलायतमा ‘हप्तामा ४ दिन काम’ नीतिले कर्मचारीको काममा उल्लेख्य सुधार, कम्पनीको आम्दानीमा उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलायतमा परीक्षणका रुपमा लागू गरिएको हप्तामा ४ दिन काम अनि ३ दिन आरामको नीतिले उत्कृष्ट नतिजाले ल्याएको छ। यो नीतिले कर्मचारीको काममा उल्लेख्य सुधार देखिएको छ भने कम्पनीहरुको आम्दानी उछाल आएको छ।

गत वर्ष नोभेम्बरदेखि यो वर्षको अप्रिलसम्म बेलायतका १७ वटा कम्पनीमा परीक्षणका रुपमा हप्तामा ४ दिनमात्रै काम गर्ने नीति अपनाइएको थियो। ती कम्पनीमा करिब १ हजार कर्मचारीले हप्ता ४ दिनमात्रै काम गरेका थिए भने बाँकी ३ दिन बिदा दिइएको थियो।

Esewa
Crest

यो नीति कर्मचारीलाई निकै राहात दिनुका साथै उनीहरुले उत्कृष्ट ढंगले कम्पनीको कार्यसम्पादन नतिजा सार्वजनिक भएको छ। यस अवधिमा ती १७ वटा कम्पनीमध्ये केहीको आम्दानीमा उल्लेख वृद्धि भएको देखिएको छ। पहिलेको तुलनामा बिरामी पर्ने कर्मचारीको संख्या निकै घटेको पाइएको छ।

यस अवधिमा लन्डनस्थित सफ्टवेयर निर्माता कम्पनी ब्रान्डपाइपको आम्दानी लभगग १३० प्रतिशतले बढेको फोर डे विक फाउन्डेसन र बोस्टन कलेजले संयुक्त रुपमा तयार गरेको प्रतिवेदनमा उल्लेख छ। ‘४ दिन काम गर्ने नीति परीक्षणकालमा हाम्रो कम्पनी निकै सफल भएको छ’, ब्रान्डपाइपका सीईओ एवं सहसंस्थापक जियोफ सल्गटरले भने, ‘यो नीति व्यापारिक प्रयोजनका लागि निकै उत्कृष्ट छ।’

परीक्षणमा सहभागी ब्रान्डपाइपजस्तै अन्य ३ कम्पनीको आम्दानीमा उल्लेख्य सुधार आएको प्रतिवेदनमा उल्लेख छ। ‘एउटाको भने घटेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘तर ती कम्पनीमा काम गर्ने कर्मचारी बिरामी पर्ने संख्या घटेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS