IME Life New

नेपालीलाई भिजिट भिषामा पत्याउन छोड्यो युएईले, दुबई उड्न भयो कठिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपाली नागरिकका लागि अघोषितरूपमा पर्यटक भिषा(टुरिष्ट भिषा) मा प्रतिबन्ध लगाएको छ।

ट्राभल एजेन्सीहरूका अनुसार, यात्रा पृष्ठभूमी(ट्राभल हिष्ट्री) र आय श्रोतका आधारमा गत वर्षदेखि सीमित संख्यामा जारी गर्दै आएकोमा केही दिनदेखि पूर्णरूपमा अस्वीकृत गर्न थालेको छ।

Esewa
Crest

भिजिट भिषा अस्वीकृत गरेपनि पटक पटक विदेश भ्रणम गरेका र व्यवसायीक प्रयोजनका लागि जाने नेपाली नागरिकका लागि भने भिषा उपलब्ध गराइ रहेको छ।

एकजना ट्राभल एजेण्टका अनुसार, गत वर्षदेखि नै दुबईका लागि भिजिट भिषाको स्वीकृति प्राप्त गर्न कठिन भएपछि ट्राभल एजेन्सीले सारजाह विमानस्थलबाट दुबईको शयर गराइ रहेका थिए। अहिले नेपाली नागरिकको हकमा सारजाहका लागि समेत भिजिट भिषा अस्वीकृत गर्न थालेको छ।

यद्दपी यस विषयमा युनाइटेड अरब इमिरेट्सको अध्यागमन विभाग वा नेपालस्थित दुतावासले कुनै औपचारिक जानकारी दिएको छैन।

नेपालीहरू पर्यटक भिषामा दुबई पुगेपनि रोजगारीको खोजीमा भिषाको अवधिभन्दा लामो समयसम्म उतै लुक्ने र अध्यागमन कानूनको उलंघन गर्ने प्रवृत्ति बढेपछि विश्वसनीयता खस्किएको छ।

नेपाली नागरिकहरू भिजिट भिषामा दुबई जानका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको अध्यागमन विभागका कर्मचारीलाइ प्रति व्यक्ति ५० हजार रूपैयाँसम्म घुस दिन बाध्य बनाइएको विषय पीडितहरूले उजागर गरेपछि तत्कालीन गृहमन्त्री रमेश लेखकविरूद्ध समेत कारवाहीको माग गरिएको थियो। यद्दपि यो विषय पछि सामसुम पारिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS