काठमाडौं । ह्वाइट हाउसले ४० देशले चीनलाई अमेरिकी ट्यारिफबाट बच्न मद्दत गरेको दाबी गरेको छ। ह्वाइट हाउसले एउटा प्रतिवेदन जारी गर्दै यस्तो दाबी गरेको हो।
प्रतिवेदनमा क्यानडा, भारत, मेक्सिको, जापान, दक्षिण कोरिया र भारतसहित ४० भन्दा बढी देशले कम आयात शुल्क भएका देशहरुमार्फत चिनियाँ सामान पठाएर चीनलाई अमेरिकी ट्यारिफबाट बच्न मद्दत गरेको उल्लेख छ। ह्वाइट हाउसका अनुसार चीनले यी देशमार्फत अर्बौं डलरको अमेरिकी ट्यारिफबाट बच्न प्रयास गरेको छ।
अमेरिकी व्यापार सल्लाहकार पिटर नभारोका अनुसार यो व्यवस्थाले अमेरिकी रोजगारी र अर्बौं डलरको आम्दानी गुमाएको छ।
बीबीसीसँग वासिंगटनस्थित चिनियाँ दूतावासका प्रवक्ताले अमेरिकी आरोपहरुको जबाफ दिँदै भने, ‘व्यापार युद्धमा कोही पनि जित्दैन।’ अमेरिकी ट्यारिफ उपायहरु र चिनियाँ कम्पनीहरुलाई लक्षित गर्न सरकारी शक्तिको प्रयोगको उनले विरोध गरे।
चिनियाँ प्रवक्ताले ट्रान्ससिपमेन्टमार्फत पठाइएका सामानहरुसम्बन्धी कुनै पनि एकपक्षीय कार्य वा सम्झौताले तेस्रो देशको हितलाई हानि पुर्याउनु नहुने बताए। –एजेन्सी












