IME Life New

चर्कियो व्यापार युद्धः चिनियाँ सामानमा अमेरिकाले लगायो २४५% ट्यारिफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिका र चीनबीच ट्यारिफ–ट्यारिफको खेल चलिरहेको छ। एउटा देशले ट्यारिफ लगाएपछि अर्को देशले पनि ट्यारिफ लगाउँछ।

चीनको नयाँ ट्यारिफपछि अब अमेरिकाले पनि चीनमाथि नयाँ ट्यारिफ लगाएको छ। अमेरिकाले चीनबाट आउने सामानमा २४५% सम्मको नयाँ ट्यारिफ लगाउने घोषणा गरेको छ। यो निर्णय मंगलबार राति ह्वाइट हाउसले गरेको हो। चीनले गरेको बदला लिने व्यापारिक कारबाहीको जबाफमा यो कदम चालिएको हो।

Esewa
Crest

अमेरिकाले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै केही वस्तुहरुको आयातको अनुसन्धान गरिरहेको छ। चीनले भारी दुर्लभ धातु र म्यागनेटजस्ता केही आवश्यक उच्च–प्रविधि वस्तुको निर्यातमा रोक लगाएको छ। यी कुरा अटोमोबाइल, एयरोस्पेस, सेमीकन्डक्टर र डिफेन्सजस्ता उद्योगका लागि धेरै महत्त्वपूर्ण छन्। त्यसैले अमेरिकाले यो कदम चालेको हो। अब यो हेर्न बाँकी छ कि चीनले यो अमेरिकी ट्यारिफप्रति कस्तो प्रतिक्रिया दिन्छ।

ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेको छ, ‘चीनले अब अमेरिकामा हुने आयातमा २४५% सम्म ट्यारिफ तिर्नुपर्नेछ किनभने उसले बदला लिएको छ। राष्ट्रिय सुरक्षाका आधारमा यो कदम सही भएको छ।’

विज्ञप्तिमा चीनतर्फ चालिएका कदम उल्लेख गरिएको छ। चीनले ग्यालियम, जर्मेनियम, एन्टिमोनी र अन्य रणनीतिक सामग्रीको निर्यातमा प्रतिबन्ध लगाएको छ। यी सेनामा पनि प्रयोग गर्न सकिन्छ। यस हप्ता चीनले आपूर्ति रोक्न ६ वटा भारी दुर्लभ धातुका साथै म्याग्नेटको निर्यात रोकेको अमेरिकी प्रशासनले जनाएको छ।

ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ व्यापार नीति देशको आर्थिक शक्ति र स्वतन्त्रता पुनस्र्थापित गर्ने उद्देश्यले रहेकोमा जोड दिएको छ। यो नीति उनी राष्ट्रपति बनेको पहिलो दिनदेखि नै सुरु भएको थियो।

ट्रम्पले ७५ भन्दा बढी देशले नयाँ व्यापार सम्झौताको बारेमा छलफल गर्न सम्पर्क गरेको जानकारी गराएका छन्। त्यसकारण फरक–फरक देशमा लगाइने उच्च ट्यारिफ हाललाई रोकिएको छ। तर, चीनले प्रतिकार गर्यो, त्यसैले यो नियम यसमा लागू हुनेछ।

केही समयअघि अमेरिकाले चीनबाट आउने सामानमा १४५ प्रतिशत ट्यारिफ लगाएको थियो। प्रतिक्रियामा चीनले आफ्ना एयरलाइन्स कम्पनीहरुलाई थप बोइङ विमान खरिद गर्न प्रतिबन्ध लगाएको छ। यतिमात्र होइन चीनले आफ्ना एयरलाइन्सलाई अमेरिकी कम्पनीबाट विमान उपकरण र पार्टपुर्जा नकिन्न पनि निर्देशन दिएको छ।

यसैबीच चीनले अमेरिकासँगको व्यापार युद्धबाट नडराएको प्रतिक्रिया दिएको छ। यद्यपि, चीनले कुराकानी गर्ने आफ्नो इच्छा पनि दोहोर्याएको छ। नयाँ ट्यारिफले विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार तनावलाई अझ बढाउन सक्छ। गत शुक्रबार चीनले अमेरिकी सामानमा १२५ प्रतिशत ट्यारिफ लगाएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS