IME Life New

एमसीए नेपाललाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)लाई निरन्तरता दिने भएको छ।

अब एमसीए नेपालबाट सञ्चालित एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि अमेरिकी सहयोगले निरन्तरता पाउने भएको छ। एमसीए नेपालले आज एक विज्ञप्ति जारी गर्दै अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिने सम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको स्वागत गरेको छ।

Esewa
Crest

एमसीए नेपालले २९७ किलोमिटर विद्युत प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँग निकटतापूर्वक काम गरिरहेको छ। एमसिए–नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेको ३ वटा सबस्टेसन एवं १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको छ।

एमसीए नेपाल नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजनाहरु सम्पन्न गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। ‘यस कम्प्याक्ट कार्यान्वयनका लागि एमसीसीको निरन्तर साझेदारीका लागि आभार व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS