IME Life New

अमेरिका र चीनबीच ‘व्यापार युद्ध’का विषयमा उच्चस्तरीय वार्ता यसै साता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिका र चीनबीच यसै साता व्यापार युद्धका विषयमा वार्ता हुने भएको छ।

विश्वका दुई ठूला अर्थतन्त्रका अधिकारीहरुबीच व्यापार युद्धबाट सिर्जित तनाव कम गर्न वार्ता हुने भएको हो। वार्ता स्विट्जरल्यान्डमा मे ९ देखि १२ सम्म चल्ने चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Esewa
Crest

मन्त्रालयका अनुसार वार्तामा चीनका तर्फबाट उपराष्ट्रपति ही लाइफेङ सहभागी हुनेछन्। अमेरिकाका तर्फबाट अर्थसचिव स्कट बेसेन्ट र अमेरिकी व्यापार प्रतिनिधि जामिसन ग्रिर सहभागी हुनेछन्।

अमेरिकी राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानमा १४५ प्रतिशत ट्यारिफ लगाएका छन्। उता चीनले पनि अमेरिकी केही सामान १२५ प्रतिशतसम्म ट्यारिफ लगाएको छ।

गत जनवरीपछि पहिलोपटक दुई ठूला देशबीच उच्चस्तरीय वार्ता हुन लागेको हो। विश्व अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन अमेरिका र चीनबीचको वार्ता फलदायी हुने विज्ञहरुको विश्वास छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS