IME Life New

शक्तिशाली आँधीले चीनमा १० लाख मानिस घरबासविहीन, १४०० उडान रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्वी चीनमा टाइफुन डल्फिन आँधीले १० लाखभन्दा बढी मानिस घरबासविहीन बनेका छन्। उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ।

शक्तिशाली आँधीले राजधानी सांघाईलगायत धेरै क्षेत्रमा जनजीवनलाई गम्भीर रुपमा प्रभावित बनाएको छ। मौसम विभागका अनुसार टाइफुन डल्फिन पहिलोपटक हिजो साँझ झेजियाङ प्रान्तको युहुआनमा आएको थियो। यसको अधिकतम गति प्रतिघन्टा १५० किलोमिटर पुगेको थियो। लगभग एक घन्टापछि आँधीले बेन्झाउ सहरमा दोस्रोपटक जमिनमा पुगेको थियो।

Esewa
Crest

आँधीका कारण सांघाईमा मात्र लगभग १ हजार ४०० उडान रद्द भएको थियो। जसले गर्दा धेरै यात्रुहरूलाई ठूलो असुविधा भएको थियो।

चिनियाँ अधिकारीहरुले सुरुमा टाइफुन डल्फिनका लागि उच्चतम स्तरको रेड अलर्ट जारी गरेका थिए। यद्यपि, यसको तीव्रता कम भएपछि सोमबार बिहान सतर्कता घटाइएको छ।

मौसम विभागका अनुसार आँधी अब चीनको भित्री भागतिर सर्दैछ। अधिकारीहरुले बुधबारसम्म मुसलधारे वर्षा, बाढी र पहिरोको चेतावनी जारी गरेका छन्।

शानडोङ, हेनान, हुबेई, अनहुई, जियाङ्सु र झेजियाङ प्रान्तसँगै सांघाईमा पनि सोमबार भारी वर्षाको पूर्वानुमान गरिएको छ। स्थानीय अधिकारीहरुले मानिसहरुलाई अनावश्यक काममा बाहिर ननिस्कन आग्रह गरेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS