IME Life New

रास्वपाका दुई सांसदले दिए राजीनामा, जेनजीलाई समर्थन गर्ने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनका कारण मुलुकमा उत्पन्न विषम परिस्थितिपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई नेताले सांसद पदबाट राजीनामा दिएका छन्। रास्वपाका नेताद्वय असिम शाह र तोसिमा कार्कीले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका हुन्।

शाहले आफ्नो फेसबुकमा लेखेका छन्, ‘आजको मितिदेखि तत्काल प्रभावका साथ संसद सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराउँछु।’

Esewa
Crest

गत दिनहरुमा भइरहेको जेनजी आन्दोलनलाई सरकारले दमन गर्ने कार्य, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनेजस्ता अमानवीय कदम, र नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप मेरो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको शाहको भनाइ छ। ‘मैले पटकपटक सदनमा युवाको आवाज बोलेँ, चेतावनी दिएँ– सडक विद्रोह हुन सक्छ, यदि युवाको भावना बुझिएन भने’, उनले लेखेका छन्, ‘तर, सरकार चलाउनेहरुले कहिल्यै सुन्न चाहेनन्, कहिल्यै गम्भीरतापूर्वक लिन चाहेनन्।

शाहका अनुसार संसद भवनको सुरक्षाभन्दा बच्चाहरुको ज्यान ठूलो हो। ‘भवन जोगाउन हत्या गर्ने अपराध सरकारबाट भएको छ’, उनले भनेका छन्, ‘संसदमा बसेर चुप लाग्नु या यस्ता गलत नीतिलाई मौन समर्थन गर्नु मेरो पुस्ता, मतदाता र मेरो देशको भविष्यसँग ठूलो विश्वासघात हुनेछ भन्ने दृढ विश्वासका साथ, मैले यो निर्णय गरेको हुँ।’

सांसद आफ्ना लागि मात्र पद नभएर नागरिकको आवाज प्रतिनिधित्व गर्ने माध्यम रहेको शाहले स्पष्ट पारेका छन्। ‘तर, जब त्यो आवाज नै दबाइयो र सरकारले नागरिकप्रतिको प्रतिबद्धता तोड्यो, त्यस्तो संसदमा बसिरहनु मेरो लागि अब सम्भव रहेन । म अब सडकमा उत्रेर जेनजी पुस्ता, आफ्ना नागरिक र सत्यका पक्षमा लड्न प्रतिबद्ध छु।’

उता कार्कीले पनि सांसद पद छाड्ने घोषणा गरेकी छन्। ‘म आधिकारिक रुपमा पत्र नै बुझाउँला तर आज भदौ २४ गते ११ः५५ बजेदेखि नै यो अपराधी र संवेदनाहीन सरकारको कठ्पुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु’, कार्कीले फेसबुक स्टेटसमा लेखेकी छन्।

दुवै नेताले जेनजी आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

89%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS