IME Life New

फ्लाइङ कारको भविष्यमा खतराको घन्टीः चीनमा दुई फ्लाइङ कार ठोक्किएर आगो लाग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फ्लाइङ कारको युग नजिकिँदै गर्दा चीनबाट आएको एउटा खबरले प्रविधि जगतलाई चकित पारेको छ। चीनको चांगचुन एयर शोको रिहर्सलका क्रममा दुई अत्याधुनिक फ्लाइङ कार आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन्। जसले एरियल मोबिलिटीको भविष्यमाथि नै गम्भीर प्रश्न उठाएको छ।

रिहर्सल खतरनाक मोडमा

Esewa
Crest

सेप्टेम्बर १६ मा चीनको जिलिन प्रान्तमा रहेको चांगचुन एयर शोको पूर्वाभ्यासका क्रममा यो डरलाग्दो घटना भएको हो। एक्सपेङ एरोएचटीले निर्माण गरेका दुई इलेक्ट्रिक फ्लाइङ कार हावामा एउटै कलाबाजीका लागि तयारी गरिरहेका थिए। यसै क्रममा नजिकिँदा ती आपसमा ठोक्किए। एउटा कारले मुस्किलले अवतरण गरे पनि अर्को अनियन्त्रित भई जमिनमा खस्यो र आगो लाग्यो।

आश्चर्यजनक उद्धार र कम्पनीको प्रतिक्रिया

यस्तो भयानक दुर्घटनामा पनि मानवीय क्षति नहुनु एक चमत्कार मानिएको छ। एकजना पाइलटलाई सामान्य चोट लागेको बताइएको छ। जसको अवस्था खतरामुक्त छ। यो घटना प्रदर्शनका क्रममा नभई पूर्वाभ्यासमा भएकाले दर्शक वा अन्य कसैलाई पनि कुनै हानि पुगेन।

एक्सपेङको सहायक कम्पनी एक्सपेङ एरोएचटीले दुर्घटनाको पुष्टि गर्दै प्राविधिक र मानवीय त्रुटि दुवैको पूर्ण छानबिन गर्ने जनाएको छ। कम्पनीले उद्धार टोलीको तीव्र प्रतिक्रियाको प्रशंसा गर्दै सुरक्षा मापदण्डलाई थप कठोर बनाउने प्रतिबद्धता पनि जनाएको छ।

फ्लाइङ कारको भविष्यमाथि प्रश्नचिह्न

यो दुर्घटनाले उडिरहेका कारहरुलाई व्यावसायिक रुपमा बजारमा ल्याउँदा आउने जोखिम र जटिलतालाई उजागर गरेको छ। उड्डययन नियामक र विज्ञहरुले सहरी एरियल मोबिलिटीलाई मुख्य धारामा ल्याउनुभन्दा पहिले कडा निगरानी र सुधारिएको एयर ट्राफिक व्यवस्थापन रणनीतिहरुको आवश्यकतामा जोड दिएका छन्। यो घटनाले फ्लाइङ कारको सपनालाई वास्तविकतामा बदल्न धेरै चुनौती बाँकी रहेको स्पष्ट सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS