IME Life New

धितोपत्र बोर्डबाट दुई बैंकले पाए रु. ४ अर्बको ऋणपत्र ल्याउने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा बैंकलाई ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्न अनुमति दिएको छ।

धितोपत्र बोर्डले आज असार ७ गते नेपाल एसबीआई बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ऋणपत्र ल्याउन अनुमति दिएको हो। नेपाल एसबीआई बैंकले ३ अर्ब रुपैयाँ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउन अनुमति पाएका छन्।

Esewa
Crest

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब नेपाल एसबीआई बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर’ निष्कासन गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गर्नेछ।

कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।

नेपाल एसबीआई बैंकको ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ‘शाइन रेसुंगा डिबेन्चर’ निष्कासन गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ बिक्री गर्नेछ।

कुल इकाइमध्ये बैंकले ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्र पनि १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले भने वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमी एस क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS