IME Life New

अचानक विश्वका शीर्ष धनाढ्यको सम्पत्तिमा सुनामी, बेजोस र मस्कलाई ठूलो झट्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफका कारण विश्वभरका शेयर बजारमा हलचल मच्चिएको छ। गत हप्ताको अन्तिम व्यापारिक दिनमा अमेरिकी बजार नराम्रोसँग क्रर्यास भयो भने सोमबार जापानलगायत अन्य एसियाली बजारमा मन्दी देखियो।

यसैबीच विश्वका शीर्ष १० धनाढ्यको सम्पत्तिमा सुनामी आएको छ। पछिल्लो २४ घन्टामा जेफ बेजोसले १७ अर्ब डलरभन्दा बढी गुमाए भने विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कको कुल सम्पत्ति पनि ४ अर्ब डलरले घटेको छ।

Esewa
Crest

ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सको अपडेट गरिएको तथ्यांक हेर्ने हो भने विश्वका शीर्ष १० अर्बपतिको सम्पत्तिमा गिरावट आएको छ। विश्वका सबैभन्दा धनी एलन मस्कदेखि १० औँ धनी वारेन बफेटसम्म सबैले ठूलो क्षति व्यहोरेका छन्। तर, सबैभन्दा ठूलो धक्का अमेजनको जेफ बेजोसलाई लागेको छ। बेजोसको नेटवर्थ १७.२ अर्ब डलरले घटेको छ। अब उनी २३७ अर्ब डलरको सम्पत्तिका साथ सूचीको चौथो स्थानमा छन्।

विश्वका दोस्रो धनीव्यक्ति बनेका ल्यारी एलिसनले पनि ठूलो घाटा व्यहोरेका छन्। उनको सम्पत्ति ९.९४ अर्ब डलरले घटेको छ। योसँगै उनी २९५ अर्ब डलरको सम्पत्तिका साथ दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा रहेका मेटा फेसबुकका मार्क जुकरबर्गको नेटवर्थ ८.०८ अर्ब डलर २६३ अर्ब डलरमा झरेको छ।

विश्वका शीर्ष १० धनी व्यक्तिहरुको सूचीमा नम्बर १ मा रहेका एलन मस्कको कुल सम्पत्ति ४.०३ अर्ब डलरले घटेर ३५२ अर्ब डलरमा झरेको छ। यस वर्ष मस्कले ८० अर्ब डलरभन्दा बढी गुमाएका छन्।

यसबाहेक अन्य धनीव्यक्तिको कुल सम्पत्तिमा आएको परिवर्तनलाई हेर्ने हो भने स्टिभ बाल्मरको सम्पत्ति ३.०२ अर्ब डलरले घटेर १८० अर्ब डलरमा पुगेको छ। जब कि ल्यारी पेजको सम्पत्ति २.३१ अर्ब डलरले घटेर १७० अर्ब डलरमा खुम्चिएको छ।

त्यस्तै सर्गेई ब्रिनको कुल सम्पत्ति २.१८ अर्ब डलरले घटेर १५९ अर्ब डलर, बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति ९२ करोड ८० लाख डलरले घटेर १५२ अर्ब डलर, जेन्सेन हुआङको कुल सम्पत्ति ३.६० अर्ब डलरले घटेर १५१ अर्ब डलर र वारेन बफेटको कुल सम्पत्ति ८९ करोड ६० लाख डलरले घटेर १४३ अर्ब डलरमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS