IME Life New

ट्रम्पको कर र खर्च कानुनका कारण १ करोड अमेरिकी बीमाको दायराबाट बाहिरिने सम्भावना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्च कानुनमा परिवर्तनले अर्को दशकमा थप १ करोड अमेरिकी बीमाको दायराबाट बाहिरिने अनुमान गरिएको छ।

कंग्रेसनल बजेट कार्यालय (सीबीओ)ले यस्तो अनुमान गरेको हो। जुलाईमा कानुन बनेपछि पहिलोपटक सीबीओबाट यस्तो गैरपक्षीय विश्लेषण आएको हो।

Esewa
Crest

सीबीओको यो अघिल्लो विश्लेषणको अद्यावधिक पनि हो। अघिल्लो विश्लेषणमा लगभग १ करोड १० लाख अमेरिकी कानुनको अघिल्लो संस्करणअन्तर्गत बीमाबाट दायराबाट बाहिरिने अनुमान गरिएको थियो।

कर र खर्च कानुन विधेयक केवल रिपब्लिकनहरुको भोटका आधारमा मात्र पारित भएको थियो। किनकि डेमोक्र्याटहरुले यो विधेयकलाई कम आय भएका अमेरिकीको खर्चमा धनीलाई उपहारको संज्ञा दिएका थिए।

ट्रम्पको पहिलो कार्यकालमा पारित कर कटौतीलाई विस्तार गर्न र केही नयाँ अस्थायी कर कटौती तथा अन्य खर्चका लागि भुक्तानी गर्न, कानुनले कम आय भएका मानिसका लागि स्वास्थ्य बीमा कार्यक्रम, मेडिकेडको पहुँचमा केही प्रतिबन्ध र आवश्यकता लागू गरेको छ।

सीबीओको अनुमान छ कि कानुनमा कर र लाभ परिवर्तनले सबैभन्दा गरिब अमेरिकीको आम्दानी प्रतिवर्ष १ हजार २०० डलरले घटाउनेछ। जब कि मध्यम आय भएका परिवारको आम्दानी ८०० डलरदेखि १ हजार २०० डलरले बढ्नेछ। सबैभन्दा धनी अमेरिकीको आम्दानी १३ हजार डलरभन्दा बढीले बढ्ने सीबीओको विश्लेषण छ।

‘स्रोतहरुमा परिवर्तन परिवारहरुमा समान रुपमा वितरण गरिने छैन। एजेन्सीको अनुमान छ कि सामान्यतया आय वितरणको तल्लो तहमा रहेका परिवारका लागि स्रोतहरु घट्नेछ’, सीबीओको प्रतिवेदनमा भनिएको छ, ‘जब कि आय वितरणको मध्यम र शीर्ष तहमा रहेका परिवारका लागि स्रोतहरु बढ्नेछ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS