IME Life New

समयसीमा सकिनुअघि अमेरिकाबाट आयो ठूलो खबर, अगस्टबाट १०० देशमा लागू हुनेछ ट्रम्पको ट्यारिफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरुमा लगाइएको परस्परिक ट्यारिफको ९० दिने छुट अवधि जुलाई ९ देखि सकिँदैछ। यो समयसीमा सकिनुभन्दा अघि अमेरिकाबाट ठूलो खबर सार्वजनिक भएको छ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार अगस्ट १ बाट १०० देशमा ट्रम्पको नयाँ ट्यारिफ लागू हुनेछ। जुन १० प्रतिशत हुनेछ।

Esewa
Crest

अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले यसको पुष्टि गरेका छन्। बेसेन्टले यसलाई ग्लोबल ट्रेड स्ट्राटेजीको व्यापक रिसेट रहेको उल्लेख गर्दै बेसलाइन ट्यारिफ व्यापक रुपमा लागू हुने ता। हाल वासिंगटनसँग कुराकानी गरिरहेका देशमा पनि ट्यारिफ लागू हुने बेसेन्टले स्पष्ट पारे।

ब्लुमबर्गसँग अन्तर्वार्तामा ट्रेजरी सचिव बेसेन्टले भने, ‘हामी हेर्ने छौँ कि राष्ट्रपति ट्रम्प कुराकानी गर्दै आएका देशहरुसँग कस्तो व्यवहार गर्नेछन्। मलाई लाग्छ कम्तीमा १०० देशमाथि न्यूनतम १० प्रतिशत ट्यारिफ लागू हुनेछ।’

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले १२ वटा देशमा ट्यारिफ बम फोड्ने योजनामा रहेका छन्। यसको घोषणा सोमबार हुने सम्भावना छ।

ट्रम्प आफैँले करिब एक दर्जन देशका लागि ट्रेड लेटरमा हस्ताक्षर गरेको बताएका छन्। लिस्टमा समावेश ती सबै देशलाई यो लेटर ‘स्वीकार गर वा छोड’ भन्ने अल्टिमेटमका पठाइएको छ। यद्यपि, ट्रम्पले यो लिस्टमा समावेश देशहरुको नाम भने सार्वजनिक गरेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS