IME Life New

ट्रम्पको ट्यारिफले लस एन्जलसको खेलौना बजार संकटमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफले लस एन्जलसको खेलौना बजार संकटमा परेको छ।

अमेरिकाले चीनबाट आयात हुने अधिकांश सामान १४५ प्रतिशतसम्म ट्यारिफ लगाएका छन्। लज एन्जलससहित अमेरिकी बजारमा ८० प्रतिशत खेलौना चीनबाट आयात हुने गर्छ।

Esewa
Crest

लस एन्जलसस्थित किप्स टोयल्यान्डले विगत ८० वर्षदेखि लस एन्जलसमा बच्चाहरुको खेलौना बेच्दै आएको छ। युद्ध, मन्दी र महामारीबाट पनि विचलित नभई खेलौना व्यापार गर्दै आएकोमा अहिले ट्रम्पको ट्यारिफले संकट उत्पन्न गरेको टोयल्यान्डले जनाएको छ।

टोयल्यान्डका डन किप्परका अनुसार अहिले खेलौना आपूर्तिकर्ता कम्पनीहरुले चिठी र फोन गरेर ताकेता गरिरहेका छन्। ‘ट्यारिफले सामानको भाउ बढ्न सक्छ, त्यसैले छिटो अर्डर गर्न भनिरहेका छन्’, किप्परले भने।

अमेरिकाको व्याणिज्य विभागका अनुसार चीनबाट गत वर्ष अमेरिकामा १३.४ अर्ब डलरको खेलौना आयात भएको थियो। ‘के गर्ने भन्ने सोचेको छैन’, किप्परले भने, ‘मेरो यो सानो व्यापारले मूल्यवृद्धि थेग्न सक्दैन। एकैपटक थुप्रै खेलौना ल्याएर भण्डारण पनि गर्न सक्दिनँ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS