IME Life New

ट्रम्पको ट्यारिफले भारतलाई ठूलो झट्का, यो क्षेत्रको व्यापार घट्दा लाखौँले गुमाउँदै रोजगारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको रत्न तथा आभूषण उद्योग कठिन चरणबाट गुज्रिरहेको छ। यो उद्योग भारतको अर्थतन्त्रका लागि धेरै महत्वपूर्ण छ। किनकि यसले लाखौँ मानिसलाई जीविकोपार्जन प्रदान गर्दछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आउने रत्न तथा आभूषणमा ५० प्रतिशत ट्यारिफ लगाएका छन्। यसले यस उद्योगलाई ठूलो नोक्सान पुर्याएको छ।

Esewa
Crest

भारतले आफ्नो हीरा निर्यातको एक तिहाइ र जडित आभूषणको लगभग आधा अमेरिका पठाउँछ। यसको प्रभाव भारतको सुरत, जयपुर, मुम्बई र वरपरका क्षेत्रमा देखिन्छ। ती ठाउँमा व्यापार घट्दै गएको छ र मानिसले जागिर गुमाउँदैछन्।

गुजरातको सौराष्ट्र क्षेत्रमा लगभग १ लाख मानिस बेरोजगार भएका छन्। यसमा भावनगर, अमरेली र जुनागढका साना कारखानामा काम गर्ने मानिस समावेश छन्।

निर्यात अर्डर घटेका कारण धेरै कम्पनीहरुले आफ्नो उत्पादन घटाइरहेका छन् र कर्मचारीलाई छुट्टी दिइरहेका छन्। भारत विश्वको सबैभन्दा ठूलो हीरा निर्यातकर्ता हो। विश्वको लगभग ९० प्रतिशत हीरा भारतमा नै प्रशोधन गरिन्छ।

वित्त वर्ष २०२४।२५ मा भारतले १० अर्ब डलरको रत्न तथा आभूषण अमेरिकामा निर्यात गरेको थियो। यीमध्ये सबैभन्दा धेरै काटिएका र पालिस गरिएका हीरा थिए।

यो उद्योग व्यवसायीहरुले अब भारत सरकारसँग व्यापार वार्तालाई तीव्र बनाउन र यस उद्योगलाई सहयोग गर्न कदम चाल्न माग गरिरहेका छन्। रत्न तथा आभूषण निर्यात प्रवर्द्धन परिषदका अध्यक्ष किरिट भन्सालीले एउटा अन्तर्वार्तामा अमेरिकामा हुने निर्यात ९.२३ अर्ब डलरबाट घटेर केवल २.३ अर्ब डलरमा झर्ने बताए। उनले भने, ‘पालिस गरिएको हीरा र जडित सुनका गहना सबैभन्दा बढी प्रभावित हुनेछन्।’

भन्सालीका अनुसार सुरतमा हीरा व्यवसाय, महाराष्ट्रमा जडित जहरा र जयपुरमा रंगीन रत्न व्यवसायमा काम गर्ने मानिसहरुले समस्याको सामना गर्न सक्छन्। ‘अहिले नै ठ्याक्कै भन्न गाह्रो छ तर १.५ लाख रोजगारी गुम्न सक्नेछ’, उनले भने, ‘छोटो अवधिमा अमेरिकामा हुने निर्यात ७० प्रतिशतभन्दा बढीले घट्न सक्छ।’

यदि १ हजार रुपैयाँमा हीरा निर्यात गरिन्छ भने त्यसमा ५०० रुपैयाँ ट्यारिफ लगाइनेछ। यसरी अमेरिकामा यसको मूल्य १ हजार ५०० रुपैयाँ हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS