IME Life New

ट्रम्पको ट्यारिफले विश्व आतंकित, एसियाली शेयर बजारमा पहिरो, जापानको अवस्था झनै खराब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेसिप्रोकल ट्यारिफ (पारस्परिक कर)को घोषणा गर्दै अप्रिल ३ लाई मुक्ति दिवसका रुपमा घोषणा गरेका छन्। ट्रम्पले कुन देशबाट कति ट्यारिफ लिने भनेर घोषणा गरेका छन्।

नयाँ दरअनुसार अमेरिकाले चीनबाट ३४ प्रतिशत, ईयूबाट २० प्रतिशत, जापानबाट २४ प्रतिशत र भारतबाट २७ प्रतिशत ट्यारिफ लगाउनेछ। ट्यारिफको घोषणासँगै एसियाली शेयर बजारमा त्रास फैलिएको छ भने जापानको सबैभन्दा खराब अवस्था देखिएको छ।

Esewa
Crest

डोनाल्ड ट्रम्पले ट्यारिफ घोषणा गरेपछि जापानको निक्केई इन्डेक्स साढे ४ प्रतिशतभन्दा बढी घटेको छ। निक्केई इन्डेक्स ३४ हजार १०२ मा झरेको छ। जुन पछिल्लो ८ महिनाको न्यून स्तर हो। अमेरिकाले जापानमा २४ प्रतिशत ट्यारिफ लगाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले १८० भन्दा बढी देशमा रेसिप्रोकल ट्यारिफ लगाएपछि एसिया प्रशान्त क्षेत्रका शेयर बजारमा तीव्र गिरावट आएको छ। दक्षिण कोरियाको कोस्पी परिसूचक खुलेसँगै करिब ३ प्रतिशतले ओरालो लागेको छ। हङकङको ह्याङ सेङ इन्डेक्स रेड जोनमा २३ हजार ९४ को विन्दुमा कारोबार गर्दैछ। जुन अघिल्लो कारोबारको भन्दा तल झरेको छ। अस्ट्रेलियाको एसएन्डपी÷एएसएक्स २०० पनि १.५५ प्रतिशतले घटेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS