IME Life New

युद्धविरामका बारेमा ट्रम्पको बयानले कच्चा तेलको मूल्यमा उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम समाप्त भएको बारेमा गरेको टिप्पणीपछि विश्वव्यापी कच्चा तेलको मूल्य उछाल आएको छ।

ट्रम्पले बुधबार इरानसँगको युद्धविरामको बारेमा भने, ‘मलाई लाग्छ यो समाप्त भयो। म अब उनीहरुसँग वार्ता गर्न चाहन्न। उनीहरु खराब मानिस हुन्।’ यस कथनसँगै मुख्य तेल बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ४ प्रतिशतले बढेर ७८.१६ डलर र डब्ल्यूटीआई क्रुड ३.६८ प्रतिशतले बढेर ७४.१२ डलर पुगेको छ।

Esewa
Crest

हर्मुज जलमार्गमा तेल ट्यांकरहरुलाई लक्षित गर्दा तेल आपूर्तिमा अवरोध आउने डर बढेको छ। यसले कच्चा तेलको मूल्यमा दबाब सिर्जना गरेको छ। जसले गर्दा मूल्यमा उछाल आएको छ।

अर्कोतर्फ नेटो शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्पको बयानले युरोपेली शेयर बजारमा प्रत्यक्ष प्रभाव पारेको छ। युरोपको अग्रणी स्टक एक्सचेन्ज ६०० सूचकांक १.६ प्रतिशतले घटेर ६३६.०८ अंकमा पुगेको छ। जुन एक हप्तामा यसको सबैभन्दा कम स्तर हो।

यसअघि युद्धविराम सम्झौतासँग सम्बन्धित अमेरिका र इरानबीचको समझदारीपत्रमा हस्ताक्षरपछि कच्चा तेलको मूल्य युद्धपूर्व स्तरमा पुगेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS