IME Life New

अमेरिकामा आयात हुने कारमा २५% ट्यारिफ लगाउने ट्रम्पको घोषणा, झनै बढ्यो व्यापार युद्धको खतरा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफसम्बन्धी नयाँ घोषणा गरेका छन्। नयाँ घोषणाअनुसार अमेरिकामा आयात हुने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत ट्यारिफ लगाइनेछ।

ट्रम्पको यो कदमले विश्वव्यापी व्यापार युद्ध सुरु हुने सम्भावना झनै बढाएको छ। ट्रम्पले नयाँ ट्यारिफ अप्रिल २ देखि लागू हुने बताएका छन्। कार पार्टपुर्जामा यो शुल्क मे वा पछिदेखि लागू हुनेछ।

Esewa
Crest

राष्ट्रपति ट्रम्पले आफ्नो कदमले कार उद्योगमा ‘ठूलो वृद्धि’ हुने दाबी गरे। उनले यो कदमले अमेरिकामा रोजगारी र लगानी पनि बढाउने वाचा गरे।

विज्ञहरुको राय भने अलि फरक छ। ट्रम्पको यो कदमले अमेरिकामा महत्वपूर्ण कार उत्पादनलाई अस्थायी रुपमा रोक्न सक्ने, मूल्य बढ्न सक्ने र सहयोगी राष्ट्रसँगको सम्बन्धमा तनाव निम्त्याउन सक्ने उनीहरुको भनाइ छ।

अमेरिकाले गत वर्ष लगभग ८० कार आयात गरेर लगभग २४० अर्ब डलरको व्यापार गरेको थियो। अमेरिकामा कार पठाउनेमा मेक्सिको सबैभन्दा अगाडि छ। तयसपछि दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी छन्।

ट्रम्पको यो नयाँ कदमले विश्वव्यापी कार व्यापार र यसको आपूर्ति शृंखलालाई असर गर्ने खतरा बढेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS