IME Life New

ट्रम्प र सी जिनपिङबीच मिल्यो कुरा, अमेरिकाले घटायो ट्यारिफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा भएको बैठकमा महत्वपूर्ण निर्णयहरु भएका छन्।

ट्यारिफको मुद्दालाई सम्बोधन गरिए पनि ट्रम्पका लागि प्रमुख टाउको दुःखाइको विषय बनेको सोयाबिन खरिद पुनः सुरु गर्ने सम्झौता पनि भएको छ। ट्रम्पले चीनको ट्यारिफ १० प्रतिशतले घटाएर ५७ प्रतिशतबाट ४७ प्रतिशतमा झारिने बताए। उनले चिनियाँ राष्ट्रपतिसँगको भेट उत्कृष्ट भएको र धेरै महत्वपूर्ण निर्णयहरु भएको पनि बताए। ट्रम्पका अनुसार चीनले तुरुन्तै सोयाबिन खरिद पुनः सुरु गर्नेछ।

Esewa
Crest

ट्रम्प र जिनपिङबी दक्षिण कोरियाको बुसानमा दुई घन्टाभन्दा बढी समयसम्म बन्द कोठामा छलफल भएको थियो। ट्रम्पले दुर्लभ खनिज र चिप्सजस्ता समस्याहरु समाधान गरेको दाबी पनि गरे। जुन केही समयदेखि अमेरिका र चीनबीच तनावको प्रमुख स्रोत रहेका छन्।

ट्रम्पले अमेरिकामा चिनियाँ निर्यातको प्रवाहमा कुनै बाधा नहुने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS