IME Life New

टेस्ला कार तोडफोड गर्नेलाई २० वर्षसम्म जेल सजाय हुन सक्ने ट्रम्पको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार टेस्ला कार तोडफोड गर्नेलाई २० वर्षसम्म जेल सजाय हुन सक्ने चेतावनी दिएका छन्।

ट्रम्पले आफ्नो आधिकारिक सोसल मिडिया ह्यान्डल ट्रुथमा एउटा पोस्टमा यस्तो चेतावनी दिएका हुन्। पछिल्ला केही दिनदेखि अमेरिकामा एलन मस्कको विरोधमा टेस्लाका कारहरुलाई निशाना बनाउँदै आएका छन्। जसका तस्बिरहरु लगातार बाहिर आइरहेका छन्। ट्रम्पले लेखेका छन्, ‘टेस्ला कारहरु तोडफोड गर्ने पक्राउ परेकाहरुलाई २० वर्षसम्म जेल सजाय हुन सक्छ र हामी खोजिरहेका छौँ !’

Esewa
Crest

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले टेस्ला कारमा हालै भएका हमलाहरुलाई ‘घरेलु आतंकवादभन्दा कम छैन’ भनेपछि ट्रम्पको बयान आएको हो। उनले यस्ता आक्रमणमा संलग्नलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। साथै यस विषयमा गम्भीरतापूर्वक छानबिन गर्ने उनले प्रतिबद्धता जनाएका छन्।

अमेरिकी सरकारले टेस्ला कारहरु तोडफोड गर्नेहरु र तिनलाई आर्थिक सहयोग गर्नेहरुलाई पनि कारबाही गर्ने तयारी गरिरहेको छ। एक विज्ञप्तिमा बोन्डीले भने, ‘टेस्लाको सम्पत्तिमा हिंस्रक आक्रमण गर्ने व्यक्तिहरु घरेलु आतंकवादीभन्दा कम छैनन्। न्याय विभागले पहिले नै धेरै अपराधीलाई पहिचान गरी अभियोग लगाएको छ। यी आरोपमा अनिवार्य न्यूनतम ५ वर्षको जेल सजाय समावेश छ। हामी अनुसन्धान जारी राख्नेछौँ, जसले यी आक्रमणमा संलग्न व्यक्तिले पर्दा पछाडि यी अपराधलाई समर्थन गर्ने र आर्थिक सहयोग गर्नेसहित गम्भीर परिणामको सामना गर्ने निश्चित गर्नेछ।’

टेस्ला कारहरु अमेरिकामा लगातार आक्रमणमा छन्। गत मंगलबार बिहान लस भेगासको टेस्ला कोलिसन सेन्टरमा भएको आगलागीमा ५ टेस्ला कार नराम्ररी जलेको थियो। एबीसी न्युजको रिपोर्टका अनुसार लस भेगास महानगरीय प्रहरी विभागले विद्युतीय सवारी कम्पनीविरुद्ध भएका यस्ता घटनाका कारण यो घटना भएको जनाएको छ। टेस्लाका सीईओ मस्कले आक्रमणलाई ‘आतंकवाद’ भनी निन्दा गर्दै ‘हिंसा’ र ‘घृणा’लाई बढावा दिएकोमा वामपन्थीहरुको आलोचना गरेका छन्।

ट्रम्पले हालै टेस्लाबाट नयाँ इलेक्ट्रिक कार किनेर मस्कलाई आफ्नो समर्थन व्यक्त गरेका थिए। ट्रम्पले मिडियाको उपस्थितिमा रातो रङको ‘टेस्ला मोडल एस’ कार किनेका थिए। त्यस क्रममा उनले भनेका थिए, ‘यो कार निकै सुन्दर छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS