IME Life New

भारतलाई ट्रम्पको चेतावनी-‘रुसी तेल खरिद गरेमा तिर्नुपर्नेछ भारी ट्यारिफ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि भारतले रुसी तेल खरिद गरेमा भारी ट्यारिफको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

एयरफोर्स वनमा यात्राका क्रममा ट्रम्पले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो चेतावनी दिएका हुन्। केही दिनअघि ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन कलमा रुसी तेल खरिद गर्न रोक्ने सहमति जनाएको दाबी गरेका थिए। तर, भारतले यस विषयमा कुनै आधिकारिक जानकारी दिएको छैन।

Esewa
Crest

यही विषयलाई लिएर सञ्चारकर्मीले राखेको जिज्ञासामा ट्रम्पले भने, ‘मलाई लाग्दैन कि भारतले रुसी तेल खरिद गर्छ। यदि खरिद गरेमा भारतले भारी ट्यारिफको सामना गर्नुपर्छ।’

राष्ट्रपति ट्रम्पले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गरेको पुनः दाबी गरे। उनले भने, ‘मोदीले रुसी तेल खरिद नगर्ने प्रतिबद्धता जाएका छन्।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS