IME Life New

रुसविरुद्ध थप प्रतिबन्ध लगाउने योजनामा ट्रम्प, पुटिनलाई भने ‘पागल’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसले निरन्तर बमबारी गरिरहेकोमा आक्रोश व्यक्त गरेका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘पूर्ण रुपमा पागल’ भइसकेको प्रतिक्रिया दिएका छन्।

ट्रम्पले रुसविरुद्ध थप प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेको बताएका छन्। पुटिनका बारेमा ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्, ‘मेरो रुसका भ्लादिमिर पुटिनसँग सधैँ धेरै राम्रो सम्बन्ध रहँदै आएको छ तर उनलाई केही भएको छ। उनी पूर्ण रुपमा पागल भएका छन् । उनी बिना कारण धेरै मानिसलाई मारिरहेका छन्। म केवल सैनिकहरुका बारेमा कुरा गरिरहेको छैन। युक्रेनी सहरहरुमा बिना कारण मिसाइल र ड्रोनहरु प्रहार गरिँदैछ।’

Esewa
Crest

ट्रम्पले लेखेका छन्, ‘मैले सधैं भनेको छु कि उनी युक्रेनको एक टुक्रामात्र होइन सम्पूर्ण युक्रेन चाहन्छन्। त्यो सत्य साबित हुन सक्छ तर यदि उनले त्यसो गरे भने यसले रुसको पतन निम्त्याउनेछ।’

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पनि निसाना बनाएका छन्। उनले लेखेका छन्, ‘जेलेन्स्कीले आफ्नो बोल्ने तरिकाले आफ्नो देशलाई कुनै राम्रो गरिरहेका छैनन्। उनको मुखबाट निस्कने सबै कुराले समस्या सिर्जना गर्छ। मलाई यो मन पर्दैन र यो बन्द भए राम्रो हुनेछ।’

यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको ‘मौनता’ले रुसी राष्ट्रपति पुटिनलाई प्रोत्साहन गरिरहेको बताएका थिए।

आफ्नो पोस्टमा ट्रम्पले पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि निसाना बनाएका छन्। उनले लेखेका छन्, ‘यो त्यस्तो युद्ध हो, जुन म राष्ट्रपति भएको भए कहिल्यै सुरु हुने थिएन। यो जेलेन्स्की, पुटिन र बाइडेनको युद्ध हो। ट्रम्पको होइन। म त केवल एउटा ठूलो संकटको सामना गर्न मद्दत गर्दैछु। जुन घोर अक्षमता र घृणाबाट सुरु भएको छ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS