IME Life New

त्रिवेणी अटो ग्रुपले वर्षदिनमै बेच्यो पौने ४ अर्ब रुपैयाँको बुलेट बाइक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुलेट मोटरसाइकल भनेर चिनिने रोयल इन्फिल्ड ब्रान्डको मोटरसाइकल जडान गर्दै आएको टीजी अटो ग्रुप प्रालिले एक वर्षको अवधिमा व्यापार २८ प्रतिशतले बढाएको छ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा २ अर्ब ९२ करोड १० लाख रुपैयाँबराबरको कारोबार आम्दानी गरेकोमा गत आर्थिक वर्ष २०८१।८२ मा बढेर ३ अर्ब ७४ करोड ४० लाख रुपैयाँ पुगेको छ।

Esewa
Crest

अघिल्लो आर्थिक वर्षमा कुल १० हजार ८५ थान मोटरसाइकल बेचेकोमा गत आर्थिक वर्षमा कम्पनीले ११ हजार ८८३ वटा मोटरसाइकल बिक्री गरेको छ। मोटरसाइकल बिक्रीमा वृद्धि र परिष्कृत मूल्य निर्धारणका कारण यसको कारोबार आम्दानी बढेको हो। विशेषगरी ३५० सीसी इन्जिन क्षमताको रोयल इन्फिल्ड मोटरसाइकल उपभोक्तामाझ अधिक रुचाइएका छन्।

कारोबार रकममा वृद्धि र नाफालगायतका वित्तीय सूचकमा देखिएको सकारात्मक प्रगतिलाई आधार मानेर केयर रेटिङ्स नेपालले कम्पनीको छोटो अवधिको बैंक सुविधाका लागि ‘केयर एनपी ए थ्री’ रेटिङलाई पुनः पुष्टि गरेको छ। व्यापार र नाफा दुवै उल्लेख्य रुपमा बढेसँगै सबै दीर्घकालीन कर्जा पूर्ण रुपमा चुक्ता गरिदिएको यो कम्पनीको अनुरोधमा केयर रेटिङ्सले दीर्घकालीन कर्जाको रेटिङ ‘त्रिपल बी माइनस’ फिर्ता लिएको छ।

कम्पनीले गत आर्थिक वर्षमा करपछिको नाफा १७ करोड २० लाख रुपैयाँ र नगद नाफा १९ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षमा क्रमशः १४ करोड ७० लाख रुपैयाँ र १५ करोड ४० लाख रुपैयाँ थियो। अघिल्लो आर्थिक वर्षमा यसका शेयरधनीले लाभांशसमेत प्राप्त गरेका छन्। गत आर्थिक वर्षको अन्त्यमा ऋण जम्मा १ करोड १० लाख रुपैयाँ रहेको छ। जसले कम्पनीको तरलता स्थिति सबल रहेको जनाउँछ।

नाफा वितरणले नेटवर्थ र गियरिङ अनुपातलाई असर गरे पनि कम्पनीको वित्तीय जोखिम प्रोफाइल आरामदायी ऋण चुक्ता क्षमताका कारण बलियो रहेको छ। दीर्घकालीन ऋण दायित्वबाट मुक्त भएकोले यसको ब्याज खर्च भार पनि अहिले उल्लेख्य रुपमा घटेको छ। कम्पनीले साँवा भुक्तानी तालिकाभन्दा पहिले नै ११ करोड ४० लाख रुपैयाँ साँवा चुक्ता गरेको छ।

टीजी अटो ग्रुप त्रिवेणी समूहअन्तर्गतको कम्पनी हो। बिग मार्ट डिपार्टमेन्ट स्टोर समेत सञ्चालन गरिरहेको यो समूह घोराही सिमेन्ट, नेपाल चिया विकास निगम(टोकला), यसुदा घरेलु विद्युतीय उपकरण, डलफिन कुर्सी, वनस्पति घिउ नेपाल लाइफ इन्स्योरेन्सलगायतका कम्पनीमा समेत लगानी छ।

त्रिवेणी समूह र विशाल ग्रुपबीच पारिवारिक र व्यापारिक दुवै सम्बन्ध रहेको छ। केयर रेटिङ्स नेपालमा विशाल ग्रुप एक प्रमुख साझेदारका रुपमा संलग्न रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS