IME Life New

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला र पहिचान खुल्ने पोसाक लगाउन प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा पहिचान खुल्ने पोसाक लगाउन प्रतिबन्ध लगाइएको छ।

विमानस्थल अध्यागमन कार्यालयले आज एउटा सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक हुने भएकाले ती सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको जनाएको छ। यो नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीका लागि लागू हुने कार्यालयले स्पष्ट पारेको छ।

Esewa
Crest

अध्यागमन क्षेत्र वा डेस्क वा काउन्टरमा रहँदा वा अध्यागमन प्रक्रियामा सहभागी हुँदा कुनै पनि प्रकारका खादा, माला वा सोही प्रकृतिको अन्य सजावटी वस्तु (एक्सेसोरिज) प्रयोग गर्न नपाइने कार्यालयले जनाएको छ। यी वस्तुले अध्यागमन प्रशासनको कार्यमा हुन सक्ने सम्भावित जोखिम र अनावश्यक ढिलाइ गराउन सक्ने भएकाले प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ।

यसैगरी कुनै विशेष समूह, संगठन, ट्राभल एजेन्सी वा मेनपावर कम्पनीको परिचय वा आबद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याच वा अन्य कुनै पहिचानजन्य वस्तुको प्रयोगमा पनि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ। यस्ता पहिरनले कुनै यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चितता गर्न यो नियम लागू गरिएको कार्यालयले जनाएको छ।

यी नियमको पालना गरी अध्यागमन प्रक्रियालाई सहज बनाउन सहयोग गरिदिन कार्यालयले आग्रह गरेको छ। नियमको उल्लंघन गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने कार्यालयले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS