IME Life New

इजरायल-इरान युद्ध चर्किएपछि ट्राभल एड्भाइजरी जारी, यात्रा स्थगित गर्न अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इजरायल र इरानबीचको युद्ध चर्किंदै गएपछि नेपालले ट्राभल एड्भाइजरी जारी गरेको छ। योसँगै ती देशमा रहेका नेपालीलाई सुरक्षित स्थानमा रहन र ती देशको यात्रा स्थगित गर्न अपिल गरेको छ।

परराष्ट्र मन्त्रालयद्वाजारी ट्राभल एडभाइजरीमा नेपालबाट इजराइल, इरान वा मध्यपूर्वका अन्य मुलुक भ्रमण, वैदेशिक रोजगारी अन्य प्रयोजनका लागि जान चाहने नेपाली नागरिकलाई यात्रा नगर्न आग्रह गरिएको हो। हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रा स्थगित गर्न मन्त्रालयले अपिल गरेको छ।

Esewa
Crest

इजराइल र इरानमा रहेका नेपाली नागरिकलाई आफ्नो सुरक्षालाई प्राथमिकतामा राखी तोकेको समय र स्थानमा बाहेक घर वा बंकर तथा सेल्टरबाट बाहिर ननिस्कन हुन मन्त्रालयले आग्रह गरेको छ। इजराइल सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थानसम्बन्धी सूचना, मापदण्ड तथा जानकारी निरन्तर रुपमा लिन र पालना गर्न पनि मन्त्रालयले अपिल गरेको छ।

मन्त्रालयले नेपाली समुदाय र नेपाली राजदूतावाससँग नियमित रुपमा सम्पर्कमा रहन, परराष्ट्र मन्त्रालय र राजदूतावासले जारी गरेका सूचना तथा यात्रासम्बन्धी जानकारी नियमित रुपमा हेर्न आग्रह गरेको छ।

संकट आइपरेमा उद्धार तथा सहायता र ‘ट्रेकिङ’ गर्न सहजताका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र नेपाली राजदूतावास, तेल अभिभको ‘वेबसाइट’मा राखिएको ‘अनलाइन लिंक’मा दर्ता गरी आफ्नो विवरण फाराम यथाशीघ्र भर्न मन्त्रालयले सुझाएको छ।

इसराइल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको मन्त्रालयले जनाएको छ। ट्राभल एड्भाइजरीमा भनिएको छ, ‘त्यहाँ रहेका नेपाली नागरिक हालसम्म सुरक्षित रहेको र निजहरुको हितको रक्षा गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिनेछ।’

त्यस्तै स्वेच्छाले नेपाल फर्किन चाहने नेपाली नागरिकका लागि हाल इजराइल र इरानको हवाईमार्ग बन्द रहेका कारण तेस्रो मुलुक हुँदै नेपाल फर्किनुपरेमा तेस्रो मुलुकको ‘ट्रान्जिट भिसा’ लिनुपर्ने अवस्था आउन सक्ने भएकाले यसका लागि सहजीकरण गर्न आवश्यक पहल गरिने मन्त्रालयले जनाएको छ।

travel advisory

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS