IME Life New

चर्कियो व्यापार युद्धः चीनमाथि ५०% ट्यारिफ लगाउने ट्रम्पको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ ट्यारिफ लगाउने चेतावनी दिएका छन्। ट्रम्पले यदि चीनले अमेरिकामाथि लगाएको ३४ प्रतिशत प्रतिशोधात्मक ट्यारिफ फिर्ता नलिएमा मंगलबारदेखि चीनमाथि नयाँ ट्यारिफ लगाउने चेतावनी दिएका हुन्।

ट्रम्पले चीनमाथि लगाइने नयाँ ट्यारिफ ५० प्रतिशत हुने बताएका छन्। अमेरिकी राष्ट्रपति कार्यालयले अप्रिल ९ देखि चीनबाट अमेरिका आउने सामानमा ३४ प्रतिशत ट्यारिफ कर लगाउने बताएपछि चीनले शुक्रबार अमेरिकामा पनि यस्तै कर लगाउने घोषणा गरेको थियो। ट्रम्पको यो चेतावनीले दुई देशबीच व्यापार युद्ध चर्किने सम्भावना बढेर गएको छ।

Esewa
Crest

यसैबीच ट्रम्पले फेरि ‘ट्रुथ सोसल’मा आफ्नो ट्यारिफ सम्बन्धित नीतिहरुको बचाउ गरेका छन्। आफ्नो पछिल्लो अपडेटमा ट्रम्पले लेखेका छन्, ‘विश्वभरका देशहरु हामीसँग कुरा गरिरहेका छन्। यी वार्ताका लागि एउटा कठिन तर निष्पक्ष मापदण्ड तय गरिएको छ।’

ट्रम्पले सोमबार बिहान स्थानीय समयअनुसार जापानी प्रधानमन्त्री सिगेरु इसिबासँग कुरा गरेको र आफ्नो देशले व्यापारिक मुद्दामा अमेरिकासँग धेरै नराम्रो व्यवहार गरेको बताए। ट्रम्पले भने, ‘उनीहरुले हाम्रा कार किन्दैनन् तर हामी उनीहरुका लाखौँ कार किन्छौँ। कृषि र अन्य उत्पादनको सन्दर्भमा पनि त्यस्तै छ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS