IME Life New

ट्रेड टावरको आइपीओ बाँडफाँट, सवा १७ लाख बढी आवेदकको हात खाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रेड टावरको आइपीओ आज असार १ गते बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज बिहान साढे ९ बजे आइपीओ बाँडफाँट गरिएको हो। कम्पनीले जेठ १४ देखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका आइपीओ निष्काशन गरेको थियो।

Esewa
Crest

यो आइपीओमा कुल २० लाख ७४ हजार २८५ आवेदकबाट २ करोड ४१ लाख १७ हजार ४८० कित्ता शेयर माग भएको थियो। त्यसमध्ये २० लाख ५९ हजार ३८८ आवेदकबाट परेको २ करोड ३९ लाख ७ हजार ६०० कित्ता शेयर सदर भएको छ भने १४ हजार ८९७ आवेदकबाट परेको २ लाख ९ हजार ८८० कित्ता शेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमा ३ लाख २९ हजार ६५० जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने तिनै भाग्यमानीमध्ये ५ जनाले थप १–१ कित्ता शेयर पाएका छन्। बाँकी सदर आवेदकमध्ये १७ लाख २९ हजार ७३८ आवेदकको हात खाली भएको छ।

यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आवेदकले धितोपत्र बिक्री प्रबन्धक र आइपीओ जारी गर्ने कम्पनीको वेबसाइटका साथै मेरो शेयर र iporesult.cdsc.com.np मा गएर नतिजा हेर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS