काठमाडौं । शेयर बजार मंगलबार पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २५.०७ अंकले बढेर २६७८.१७ को विन्दुमा उक्लिएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ। सर्वाधिक बढोत्तरी वित्त समूहमा ५.१२ प्रतिशतको देखिएको छ।
आज बजारमा १९६ कम्पनीको शेयरभाउ बढेको छ भने ५२ कम्पनीको घटेको छ। यो दिन बजारमा १० अर्ब १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एचआईडीसीएलपीको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- एचआईडीसीएलपीः ५८ करोड ४९ लाख रुपैयाँ
- अरुण काबेली पावरः ५३ करोड १३ लाख रुपैयाँ
- राधी विद्युतः ४६ करोड ५६ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ४४ करोड ६९ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ४२ करोड ५८ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ४१ करोड ८२ लाख रुपैयाँ
- नेपाल टेलिकमः ३५ करोड ९१ लाख रुपैयाँ
- युनिभर्सल पावरः ३२ करोड १० लाख रुपैयाँ
- बुटवल पावरः २९ करोड २३ लाख रुपैयाँ
- चिलिमे हाइड्रोपावरः २७ करोड ८४ लाख रुपैयाँ