काठमाडौं । शेयर बजार बुधबार उच्च अंकले बढेको छ। नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ को विन्दुमा पुगेको छ।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूह बढेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह ३.८७ प्रतिशतले बढेको छ।
यो दिन बजारमा २५१ कम्पनीको शेयरभाउ बढेको छ भने १५ वटाको घटेको छ। आज २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ८ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ। यो दिन एसवाई प्यानलको उच्च कारोबार भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- एसवाई प्यानलः ४६ करोड ८१ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः ४२ करोड १६ लाख रुपैयाँ
- शिवम सिमेन्टः ३७ करोड २० लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३० करोड ७० लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः ३० करोड २५ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः २५ करोड ५ लाख रुपैयाँ
- रिडी पावरः २३ करोड ९१ लाख रुपैयाँ
- श्रीनगर एग्रिटेकः २० करोड २ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः १८ करोड २९ लाख रुपैयाँ
- सोलु हाइड्रोपावरः १६ करोड ५९ लाख रुपैयाँ












