काठमाडौं । शेयर बजार बिहीबार घटेको छ। नेप्से परिसूचक ८.५० अंकले घटेर २६५१.५२ को विन्दुमा बन्द भएको हो।
बजार घट्दा नेप्से समूहमा रहेको एउटा समूह बढेको छ भने बाँकी १२ वटा घटेको छ। उत्पादन तथा प्रशोधन समूह ०.१४ प्रतिशतले बढ्दा व्यापार समूहमा र्वाधिक १.९६ प्रतिशतको गिरावट देखिएको छ।
बजारमा आज ८३ कम्पनीको शेयरभाउ बढेको छ भने १७२ कम्पनीको घटेको छ। यो दिन १९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा २ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सोपान फर्मास्युटिकल्सको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- सोपान फर्मास्युटिकल्सः १२ करोड ७६ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः १२ करोड १ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः १० करोड ३४ लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः ९ करोड ७९ लाख रुपैयाँ
- नेपाल एसबीआई बैंकः ८ करोड १४ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ७ करोड ३२ लाख रुपैयाँ
- एभरेष्ट बैंकः ७ करोड १५ लाख रुपैयाँ
- अपी पावरः ६ करोड ६७ लाख रुपैयाँ
- सेन्ट्रल फाइनान्सः ५ करोड ९६ लाख रुपैयाँ
- सहास ऊर्जाः ५ करोड ८४ लाख रुपैयाँ












