काठमाडौं । शेयर बजार बिहीबार पनि झिनो अंकले घटेको छ। योसँगै नेप्से परिसूचक ५.०६ अंकले घटेर २७००.४७ को विन्दुमा झरेको छ।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन व्यापार समूह ०.३१ प्रतिशतले घट्दा अन्य समूह सर्वाधिक ०.८६ प्रतिशतले घटेको छ।
आज बजारमा ७७ कम्पनीको शेयरभाउ बढेको छ भने १८१ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन १४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ३ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युत कम्पनीको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- आँखुखोला जलविद्युतः ३१ करोड ९८ लाख रुपैयाँ
- युनाइटेड मोदी हाइड्रोपावरः २३ करोड ५ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः १४ करोड ८ लाख रुपैयाँ
- बुंगल हाइड्रोः १२ करोड ५४ लाख रुपैयाँ
- सिद्धार्थ बैंकः १२ करोड २४ लाख रुपैयाँ
- शिवम सिमेन्टः ७ करोड ७७ लाख रुपैयाँ
- सिटी होटलः ७ करोड ५९ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ७ करोड ८ लाख रुपैयाँ
- सेन्ट्रल फाइनान्सः ६ करोड ८५ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः ६ करोड ४८ लाख रुपैयाँ












