काठमाडौं । शेयर बजार मंगलबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ०.३१ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.६२ प्रतिशतले घटेको छ।
यो दिन बजारमा ८० कम्पनीको शेयरभाउ बढेको छ भने १७७ कम्पनीको घटेको छ। आज १५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब माथिको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- आँखुखोला जलविद्युतः ३१ करोड ९९ लाख रुपैयाँ
- सिद्धार्थ बैंकः १८ करोड २७ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः १५ करोड ५ लाख रुपैयाँ
- रावा इनर्जीः १३ करोड ४१ लाख रुपैयाँ
- बुंगल हाइड्रोपावरः १२ करोड १६ लाख रुपैयाँ
- एसवाई प्यानलः १० करोड १८ लाख रुपैयाँ
- दोल्ती पावरः १० करोड १७ लाख रुपैयाँ
- सेन्ट्रल फाइनान्सः ८ करोड ८० लाख रुपैयाँ
- सिटी होटलः ७ करोड ७८ लाख रुपैयाँ
- शिवम सिमेन्टः ७ करोड २५ लाख रुपैयाँ












