IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ। यो दिन नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१.१४ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ। यो दिन वित्त समूह सर्वाधिक ५.१७ प्रतिशतले बढ्दा व्यापार समूह १.१० प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा २०५ कम्पनीको शेयरभाउ बढेको छ भने ४२ वटाको घटेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज करिब सवा ९ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन बैंकको संस्थापक शेयरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन बैंकको संस्थापक शेयरः १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः ३४ करोड ३० लाख रुपैयाँ
  • बुटवल पावरः २५ करोड ४८ लाख रुपैयाँ
  • राधी विद्युतः २४ करोड ५० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २० करोड ५१ लाख रुपैयाँ
  • सिनर्जी पावरः २० करोड १७ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १९ करोड ७५ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १९ करोड ३५ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १७ करोड ९६ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १६ करोड ८६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS