काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ को विन्दुमा पुगेको छ।
बजार आजमा २४७ कम्पनीको शेयरभाउ बढ्दा १८ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा ४ अर्ब ६१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- रिलायन्स स्पिनिङ मिल्सः २१ करोड ११ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः १७ करोड ६० लाख रुपैयाँ
- एसवाई प्यानलः १६ करोड १० लाख रुपैयाँ
- रिडी पावरः १५ करोड ८८ लाख रुपैयाँ
- सहास ऊर्जाः १५ करोड २७ लाख रुपैयाँ
- अपी पावरः १४ करोड ४३ लाख रुपैयाँ
- सोल हाइड्रोपावरः १३ करोड ९७ लाख रुपैयाँ
- शिवम सिमेन्टः १३ करोड ४३ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १२ करोड ३६ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः ९ करोड ८२ लाख रुपैयाँ












