काठमाडौं । शेयर बजार बिहीबार एकल अंकले बढेको छ। यो दिन नेप्से परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ को विन्दुमा पुगेको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेका छन् भन् ५ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक १.५७ प्रतिशतले बढ्दा निर्जीवन बीम समूहमा ०.५६ प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा १५५ कम्पनीको शेयरभाउ बढ्दा १०२ कम्पनीको घटेको छ। यो दिन १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा २ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- एनआरएन इन्फ्रास्ट्रक्चरः १७ करोड ६८ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः १४ करोड ३४ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः १४ करोड १५ लाख रुपैयाँ
- सोलु हाइड्रोपावरः ८ करोड ५९ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ८ करोड १५ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः ८ करोड ११ लाख रुपैयाँ
- रिडी पावरः ८ करोड ६ लाख रुपैयाँ
- जापा इनर्जीः ७ करोड ५९ लाख रुपैयाँ
- फरवार्ड माइक्रोफाइनान्सः ७ करोड २३ लाख रुपैयाँ
- अपी पावरः ६ करोड ९८ लाख रुपैयाँ












